आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइदै (सूचिसहित)

271

काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा बुधबारदेखि लगाइने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोपकेन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानबाट खोप सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

खोप लगाइने अस्पतालहरु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
निजामती कर्मचारी अस्पताल, मिनभवन
परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
काठमाडौं मेडिकल कलेज, सिनामंगल
राष्ट्रि आयुर्वेद तथा अनुसन्धान तालीम केन्द्र, कीर्तिपुर
नेपाल मेडिकल कलेज, अत्तरखेल
सहिद गंगलाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
वीरेन्द्र अस्पताल छाउनी
एपिएफ अस्पताल, बलम्बु
नेपाल प्रहरी अस्पताल, पानी पोखरी
ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
भक्तपुर अस्पताल, भक्तपुर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
नेपाल कोरियामैत्री अस्पताल, थिमि
किष्ट मेडिकल कलेज, ललितपुर
आनन्दवन अस्पताल, ललितपुर
धुलिखेल अस्पताल, काभ्रे
त्रिशूली अस्पताल, नुवाकोट
बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
जिल्ला अस्पताल, रसुवा

Share This:
सम्बन्धित खबर
Loading...