बागमती प्रदेशसभाको बैठक आज बस्दै

528

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचिको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ । यद्यपि बैठमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–नेपाल पक्षले अविस्वासको प्रस्ताव पेस गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । बैठकको मिति तोकिएपनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुवै दल अगल–अलगरुपमा क्रियाशील भएका थिए । त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...