लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) दुई धारमा देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएको छ ।
नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस र जसपासहित पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी थियो । जसपा सांसदहरु कल्पना पाण्डे, सन्तोष पाण्डे र विजय यादव अविश्वासको विपक्षमा देखिएका हुन् ।
तीन सांसद अविश्वासको प्रस्तावमा समर्थन नगरेपछि पोखरेल नेतृत्वको सरकारको बर्हिगमन नहुने भएको हो । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २० सांसद छन् । एमाले र माओवादी गठबन्धनबाट पोखरेल मुख्यमन्त्री बनेका थिए ।
माओवादी केन्द्रका बिना पोखरेलले सरकार बनाउने प्रयत्न गरेकी छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । एमालेका ४१ सांसद छन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा पोखरेललाई ३ मत भए बहुमत पुग्छ । कांग्रेसका १९ जसपाका ६ र जनमोर्चाका १ सांसद छन् ।
यसैबीच, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री भएका दुई जनालाई मुख्यमन्त्री पोखरेलले हटाउन लागेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराललाई मन्त्रीबाट हटाउन लागिएको हो ।