बाँस्कोटाको सम्बोधनप्रति कँडेलेको टिप्पणी– ‘जस्ता गुरु उस्तै चेला’

538

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले एमालेको सांसद गोकुलप्रसाद बाँस्कोटाले गरेको सम्बोधनप्रति व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा बोलेको बाँस्कोटालाई गुरु अनुसारकै चेला भएको कँडेलले टिप्पणी गरेका हुन् । आजको प्रतिनिधिसभा बैठकमा कँडेलले बाँस्कोटालगात्तै संवोधन गरेका थिए ।

“जस्ता गुरु उस्तै चेला” कँडेलले भने,“सभामुख महोदय म त्यता जान चाहन्न कस्ता गुरु भनेर यहाँ अवगत गराउन चाहन्छु ।” कँडेलले २०७४ सालको निर्वाचनका समयमा ओलीले कांग्रेसको अन्तिम सरकार घोषणा गरेको स्मरण गर्दै भने, “नेपाली कांग्रेसको अन्तिम सरकार, शेरबहादुर देउवा नेतृत्वको यहीँ सरकार हो । डेट तोकिदिनुपर्छ ? पर्छ भने २०७४ साल पुस मसान्त, म नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई हार्दिक समवेदना भन्न चाहन्छु ।” मलाई सम्झँदा पनि लाज लाग्छ । एउटा राजनीति गनेए व्यक्ति, त्यस्ता अभिव्यक्ति दिने व्यक्तिबाट देशले आशा गर्नुपर्ने ?

Share This:
सम्बन्धित खबर
Loading...