‘मिस एयर होस्टेज २०२१’ का लागि आवेदन फारम खुला

311

काठमाडौं । विगत ११ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस एयर होस्टेज २०२१’ पाचौँ संस्करणको लागि आवेदन फारम खुला गरिएको जानकारी दिएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न एयर होस्टेज तालीम केन्द्रमा तालीम लिइरहेका साथै विभिन्न समयमा एयर होस्टेज सम्बन्धी तालीम लिएर बसेका अथवा विमान परिचारिका बन्ने लक्ष्य लिएकाहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

उक्त कार्यक्तममा सहभागिताको लागि १२ कक्षा पास भएका १६ वर्षदेखि २४ वर्षसम्म उमेर समूह साथै ५ फिट २ इन्च उचाइ भएका छात्राहरुले ‘मिस एयर होस्टेज २०२१’ मा सहभागी हुन पाउने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

विमान परिचारीका बन्न चाहाने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराइ एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।

विगत केही वर्षको अन्तराल पछि फेरि पनि यस प्रतियोगितालाई निरन्तरता दिने हेतुले यो पाचौँ चरणको लागि आवेदन फारम खुला गरिएको र उक्त प्रतियोगितात्मक कार्यक्रममा २५ जना प्रतियोगिलाई सहभागी गराइने छ ।

उक्त कार्यक्रमको लागि सहभागीताको लागि वैशाख दोस्रो सातासम्म आवेदन फारम भर्न सकिने सिजन मिडियाले जनाएको छ ।

उत्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेष्ठको पहिलो साता राजधानीमा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०२१” को ताज उपाधिसहित विमान परिचारीका बन्ने अवसर साथै मोबाइल फोन, ट्याव पाउनेछन् । यस्तै ३ जना विजेतालाई पोखरा भ्रमणको लागि हवाई टिकट प्रदान गरिनेछ ।

उच्च शिक्षाको लागि विभिन्न देशको लागि छात्रावृत्ति पाउने छन् भने अन्य गिफ्टह्याम्पर पाउने छन् । यसबाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...