यो साता विदेशमा थप ४ जनाको कोरोनाबाट मृत्यु

202

काठमाडौं । कोरोना भाइरसबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरगर्तको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

संघकाअनुसार कोरोना संक्रमणका कारण शनिबार साँझसम्म २३ देशमा रहेका ३ सय ४९ नेपालीको निधन भएको छ । उनकाअनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएइमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोनामुक्त भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...