आहा ! रारा गोल्ड कपः सहारा क्लब एपिएफसँग १–०ले स्तब्ध

470

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) १९औँ आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० ले गोल अन्तरले पराजित गरेको हो ।

एपिएफलको जितमा आशिष लामाले गोल गरे । लामाले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीलाई जित दिलाए ।

प्रदीप लामाले डिबक्सभित्र मिलाइदिएको अवसरलाई लामाले प्रहार सिधैँ जाली चुमेको थियो ।

पहिलो हाफमा आयोजक सहाराले बलमाथि नियन्त्रण राख्न सफल भएपनि मुभ बनाउन सकेन । एपिएफले केही अवसर भने सृजना गर्दै घरेलु मैदानमा घरेलु टोलीलाई व्यस्ता बनाइराख्यो ।

सहारा घरेलु मैदानमा फेरि एकपटक निराश हुन पुग्यो । दुई वर्षअघि पनि एपिएफले उद्घाटन खेलमै पराजित गरेको थियो ।

लामा खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तगर्त आइतबार लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसनबीच खेल हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...