कोरोना अपडेट : १२८ जनामा संक्रमण पुष्टि, १६१ कोरोनामुक्त

291

काठमाडौं । नेपालमा विगत केही दिनयता लगातार एक सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा १ सय २८ जना नयाँ संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय २७ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएकाहरुमा प्रदेश १ का ६, प्रदेश २ मा १०, बागमतीका ७६, गण्डकीका४, लुम्बिनीका १९, कर्णालीका १२ तथा सुदूरपश्चिमका १ रहेका छन्

थपिएका १ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको छ । यीमध्ये १ हजार ६ सय १३ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय ६१ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ६१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको छ । निको हुने दर ९८.३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...