एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ठूला प्रतियोगितामा अब हरेक टोलीलाई २२ खेलाडी राख्न दिने भएको छ ।
आइसिसीको बोर्ड बैठकले आउने ठूला प्रतियोगितामा टोलीमा २२ खेलाडी राख्न दिने निर्णय गरेको हो ।
कोरोना भाइरसलाई मध्ययनजर गर्दै आइसिसीले टिममा थप ७ खेलाडीलाई राख्न दिने निर्णय गरेको हो ।
यसअघि एक टोलीमा १५ खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो ।
यस्तै, आइसिसीले सदस्य राष्ट्रका लागि ५ मिलियन अमेरिकी डलरको कोषसमेत स्थापना गरेको छ ।