भुसाल र पाण्डेलाई पनि एमालेबाट ६ महिनाका लागि निलम्बन

489

काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो ।

एमाले केन्द्रीय समितिले गत चैत्र ८ गते चार नेतामाथि स्पस्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जबाफ दिएका थिएनन् । फेरि उनीहरुमाथि १६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जबाफमा उनीहरुले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

ओलीले यसअघि पार्टिका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि कारबाही गरिसकेका छन् । उनीहरुलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...