काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र कुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअभि नै कांग्रेसका तत्कालिन नेत कृष्णप्रसाद भट्टराईले देखेको बताए ।
३० वर्षयत भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको केसीको भनाइ छ । ‘हाम्रा सन्त नेता भट्टराईले जुन सपना देख्नुभएको थियो त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर ३० वर्ष अघि उहाँले सपना देख्नुभयो, अहिले पानी आयो, यो सबैका लागि खुसीको कुरा हो ।’ उनले भने ।
जस कसले लिने भन्ने ठूलो कुरा नभइ काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको उनले बताए ।