केपी ओली भनेको गुटको अर्को नाम मात्रै हो : नेपाल

501

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताएका छन् । उनले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने पनि बताए ।

युवासंघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपालले भने, “केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।”

उनले केपी ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । २०७५ जेठ भन्दा पहिलेको बिन्दुमा ओली आएमा फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । “उहाँ सुध्रिनुहुन्छ भन्ने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।” नेता नेपालले भने ।

 

Share This:
सम्बन्धित खबर
Loading...