तोडिएला त गोलको खडेरी ?

352

काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको फाइनलमा बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा आयोजना भएको प्रतियोगिताको दुवै खेलमा नेपालले गलरहित बराबरी खेल्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपाली टोलीको अग्रपंक्तीमा अञ्जान विष्ट र अभिषेक रिजाललाई दुई वटै खेलको सुरुवाती एघारमा उतारेका थिए ।

नेपाली राष्ट्रिय टोलीको कप्तानी गोलकिपर किरण कुमार लिम्बूले गरेका छन् । उनी टोलीका सबैभन्दा अनुभवी खेलाडीसमेत हुन् ।

नेपालले विगत् ७ खेलमा नेपाली फर्वाडहरुले गोल गर्न सकिरहेका छैनन् । टोलीको फर्वाडमा अनुभवी खेलाडीको कमीले गर्दापनि गोल हुन सकिरहेको छैन ।

नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले फाइनलमा टोलीको मुख्य लक्ष्य गोल गर्दै उपाधि रक्षा गर्नु रहेका बताएका छन् ।

आजको फाइनल खेलमा टोलीको हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने भएका छन् । प्रधानमन्त्री ओलीले खेल अवधिभर रंगशालामा रही टोलीको मनोवल बढाउने भएका हुन् ।

यसैबीच आजको खेलबाट नेपाली टोलीमा सन् २०१५ देखि कप्तान रहेका विराज महर्जनले सन्यास लिने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...