थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

337

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा ८९ जना नयाँ संक्रकित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार १ सय १ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको छ । यीमध्ये १ हजार २ सय ८२ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९५ जनासँगै  कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ५ सय ३० जना पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार २७ जना ज्यान गुमाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...