अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

472

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) टोलीले काठमाडौंको गहना पोखरी इलाकाबाट शनिबार दिउँसो अमेरिकन ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ । साेकाे ५ वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडीबुटी बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडीबुटी बस्ने अनन्त तामाङ्ग छन् ।

पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको छ ।

एपिएफ इन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा खटिएको एपिएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद थान एक पेस्तोल, सोको थान एक म्याग्जिन, सोको पाँच वटा गोली तथा दुई थान मोबाइल सेट र कागजातसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पक्राउ परेको ठाउँबाटै महानगरीय प्रहरी बिट मालिगाउँबाट खटिइ आएका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालको टोलीलाई बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...