स्तर नमिल्नेसँगको बहस समय बर्बाद : भट्टराई

242

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल समूहका नेता योगेश भट्टराईले आफूसमान वा माथिल्लो तहकासँग वादविवाद गर्दा मात्र फाइदा हुने बताएका छन् ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच जुहारी चलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत आफू समानका वा ठूलासँग बहस गर्दा मात्र फाइदा हुने बताएका हुन् ।

आफूभन्दा जान्नेसुन्नेसँग बहस गर्दा केही सिक्न पाइने तर आफूभन्दा कनिष्ठसँग गर्दा समय र मानसिकता मात्र बर्बाद हुने उनको भनाइ छ ।

“वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाइदा हुन्छ किनकी आफूले केही सिक्के मौका पाइन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।” भट्टराईले लेखेका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...