चितुवा र रातोपाण्डाको छालासहित ८ जना पक्राउ

247

दैलेख । नारायण नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छालासहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सोही नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकमा क०२००१ ज००३६ नम्बरको बोलेरो जिप जाँच गर्ने क्रममा उक्त छाला फेला पारी जिपमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नौमुले गाउँपालिका–३ नाउले बस्ने धन बहादुर सुनार, सोही गाउँपालिका–१ लेली बस्ने कविराम अधिकारी, सोही गाउँपालिका–४ बस्ने रोशन बस्नेत, सोही गाउँपालिका–२ बस्ने धन बहादुर पुरी, सोही गाउँपालिका–३ बस्ने दल बहादुर खत्री, सोही गाउँपालिका–२ बस्ने हस्त बहादुर थापा, भगवतीमाई गाउँपालिका–१ बस्ने गोविन्द्र थापा र सोही गाउँपालिका–२ बस्ने धन बहादुर रावत रहेका छन् ।

उनीहरुलाई बरामद भएको छालासहित आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...