भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करलाई कोरोना संक्रमण

568

मुम्बइ । भारतका महान क्रिकेटर सचिन रमेश तेन्दुल्करलाई कोरोना संक्रमण भएको छ । तेन्दुल्करले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनी घरमै क्वारेन्टिनमा बसेका छन् ।

“म निरन्तर परीक्षण गरिरहेको थिएँ, साथै सबै दिशानिर्देशहरुको पालना गरिरहेको छु । हल्का लक्षणसहित कोरोना पोजेटिभ पाएको छु । घरका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएका छन् ।” तेन्दुल्करले ट्विट गर्दै भने, “मैले आफैलाई अलग्गै राखेको छु र सबै प्रोटोकलहरु पालन गरिरहेको छु । म डाक्टरहरुको सल्लाह अनुशरण गर्दैछु । म सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई देशभरबाट सहयोग गर्दैछन् । सबैले आफ्नो ख्याल गर्नुपर्छ ।”

तेन्दुल्करले हालै सम्पन्न भएको ‘रोड सेफ्टी वर्ल्ड सिरिज’ प्रतियोगितामा भाग लिएका थिए । रायपुरमा भएको उक्त प्रतियोगितामा तेन्दुल्करको कप्तानीमा भारतले श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

 

Share This:
सम्बन्धित खबर
Loading...