काठमाडौं । नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘बजाज पल्स त्रिदेशीय सिरिज’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियागितामा नेपालसहित नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ ।
प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा वैशाख ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुनेछ । शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
कोरोना संक्रमणलाई उच्च सतर्कर्ता अपनाउँदै प्रतियोगिता आयोजना गरिने क्यानले जनाएको छ ।