काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को संस्थापन पक्षले समानान्तर कमिटीका पदाधिकारीलाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।
अनेराुस्ववियूका संयोजक ऐन महरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई ३ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णयसमेत गरेको हो । उनीहरु तीनैजना अनेरास्ववियूका सचिव थिए ।
चैत्र १० गते राजधानीमा भएको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।
संगठनको गरिमामा आँच आउने गरी गुटगत भेला गरेर समानान्तर कमिटी बनाएको, संगठनको हितविपरीत गैर राजनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीहरुलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
