झलनाथले भने- ‘२०७५ जेठ २ मा फर्किए पार्टी एकढिक्का हुन्छ’

461

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किए पार्टी एकढिक्का हुने बताएका छन् ।

बालुवाटरमा बसेको एमाले संसदीय दलको बैठकमा नेता खनालले सर्वोच्चले पार्टी ब्युँताइदिएपछि भएका निर्णय फिर्ता लिएर जेठ २ गते अघि पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एक ढिक्का नरहने निष्कर्ष सुनाएका हुन् ।

“योभन्दा अघि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्कासहित परिचालन नहुने ठहर गर्दै, त्यसको लागि अध्यक्ष तथा प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।” खनाललाई उदृत गर्दै सांसद कृष्ण राईले भने ।

आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...