धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

505

धुलिखेल । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ ।

उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

दोलखा विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा भर्ना भएको र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हाे ।

मृत्युपछि शंका लागेर कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख सानुकृष्ण श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...