मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन, को-को परे हेर्नुस्

368

विराटनगर । प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ ।

पुनःगठनमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् ।

अहिले राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधानरमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । राज्यमन्त्री दुवै जना नयाँ अनुहार हुन् ।

केही नामहरु सपथग्रहणको बेलासम्म हेरफेर र थप हुन सक्ने मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...