भागरथी हत्याका आरोपित र मृतकको डिएनए मिल्यो

623

काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डिएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मिलेको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा गरिएको परीक्षणबाट डिएनए मिलेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहकाअनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डिएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमुना मिलेसँगै हत्या प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।

प्रहरीले घटनामा दिनेश भट्टको संलग्नता देखिएको भन्दै फागुन ४ मा उनलाई पक्राउ गरेको थियो । त्यसबेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

उनलाई फागुन २६ मा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधारगृह पठाउन आदेश दिएको थियो । सुधारगृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो ।

दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो खोचलेक जंगलमा फेला मृत अवस्थामा भेटिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...