विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

210

मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

मकवानपुरगढी नगरपालिका ३ मक्राञ्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डेलाई विद्यार्थीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।

तीन जना छात्राले प्रहरी कार्यालय मकवानपुरमा अभद्र व्यवहार गरेको उजूरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्लो प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताए ।

पाण्डेलाई पक्राउर गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी रिमालको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...