काठमाडौंमा सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेलाई कारबाही गरिने (विज्ञप्तिसहित)

490

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्नेलाई कारबाही गर्ने जनाएको छ । जिल्ला प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ सम्भाव्य जोखिमहरुको न्यूनीकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्ने, फागु पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्न, होली पर्वलाई आफ्नो घरभित्र नै सीमित रही सामाजिक, साँस्कृतिक मर्यादाअनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।”

प्रशासनले भारतसँगको खुला सीमानाका कारण सीमा नाकाबाट आउने मानिसहरु दैनिकरुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको जनाउँदै यस्तो निर्देशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...