वीरगञ्जबाट अवैध हतियारसहित दुई जना पक्राउ

484

वीरगञ्ज । प्रहरीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ः१५ बजे वीरगञ्ज नगरपालिका–१३ श्रीपुर हुलाकी रोडबाट दुई जनालाई गोली नभएको कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।

२ नम्बर प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट पेस्तोल बरामद गरेको थियो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२४ का २७ वर्षीय दीपेन्द्र साह र सोही स्थानका २३ वर्षीय सनोज गुप्ता रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...