एमाले प्रदेश १ संसदीय दलको बैठक जारी, नेपाल समूहका सांसद पनि सहभागी

470

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठक जारी छ ।

संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् ।

संसदीय दलको बैठकमा सहभागी नहुने बताएका माधव कुमार नेपाल समूहका केही सांसद पनि उपस्थित भएका छन् ।

माधव तुलसी न्यौपाने, लीलाबल्लभ घिमिरे बैठकमा सहभागी भएर अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिने जानकारी गराइएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...