थ्री नेसन्स कप : बंगलादेशको विजयी सुरुवात

179

काठमाडाैं । थ्री नेसन्स कप फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ।

दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

बंगलादेशले उपहारमा निर्णायक गोल पाएको थियो । ३०औँ मिनेटमा बंगलादेशका मोहम्मद साद उडिनले गरेको क्रस किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू–२३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र किर्गिस्तान भिड्दैछन् ।

Share This:
सम्बन्धित खबर
Loading...