बंगलादेशलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डद्वारा सिरिज कब्जा

138

क्रिसचर्च । बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ५ विकेटको जित हासिल गरेको घरेलु टोली न्युजिल्यान्डले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगावै २–० ले आफ्नो पक्षमा परेको छ ।

बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्यान्डले १० बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पुरा गर्यो ।

मध्यम सुरुवात गरेको न्युजिल्यान्डको जितमा टोम लाथमले शतकीय योगदान दिए । १ सय ८ बल खेलेका लाथमले १० चौकाको मद्धतमा १ सय १० रनको नटआउट पारी खेले । लाथमको यो पाँचौँ एकदिवसीय शतक हो ।

यस्तै, डेवोन कोनवेले ७२, जेम्स निसमले ३० तथा मार्टिन गुप्टिलले २० रनको योगदान दिए ।

बंगलादेशका मुस्ताफिजुर रहमान र मेहिदी हसनले समान २–२ विकेट लिए ।

यसअघि, क्रिसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको बंगलादेशका ओपनर लिटोन दास शून्य रनमा आउट भए । बंगलादेशको पारीलाई सम्मानजनक योगफलसम्म डोहोर्याउन तामिम इक्बालले सर्वाधिक ७८ रनको पारी खेले । यस्तै, मोहम्मद मिथुनले ७३, मुस्ताफिकुर रहिमले ३४ तथा सौम्य सरकारले ३२ रन जोडे ।

न्युजिल्यान्डका मिचेल सान्टनरले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेन्द्री र काइल जेमिसनले समान एक–एक विकेट हात पारे ।

दुई टोलीबीचको पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...