टिपरको ठक्करबाट २ जनाको मृत्यु

343

झापा । झापाको दमक नगरपालिका(४ चिया बगानमा शनिबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१क१०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४प८१३३ र को२८प ११३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाकलमा सवार रहेका ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका-८ का २३ वर्षीय निरन बस्नेतको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाइकलको पछाडी सवार रहेका रतुवामाई नगरपालिका-८ का २४ वर्षीय अनिष कोइरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...