माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीको निर्णय

475

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल र नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

साथै, बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचिमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...