खनालको प्रश्न : एउटा गुट मात्रको बैठकमा किन सहभागी हुने ?

390

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको अध्यक्षले आज बोलाएको बैठकमा आफू सहभागी नहुने जानकारी दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी बैठक राखेर गरिएको निर्णयहरु पार्टी विधान विपरीत रहेको ठहर गर्दै आफू उक्त बैठकमा उपस्थित नहुने शनिबार एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई राजनीतिक फैसलाको रुपमा लिएका पनि आफूहरु उक्त फैसला मान्ने भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने बताए ।

उनले अहिलेसम्म आफूहरुलाई बैठक भनेर कुनै आधिकारिक खबर नआएको भन्दै यो बैठक पार्टीको नभएर एउटा गुट मात्रको भएको ठहर गरेका छन् ।

“आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नुहुने कुरा सबैलाई जानकारी गराइन्छ । र गुटगत निर्णय पनि अमान्य हुने कुरा सबैमा सूचित गरिन्छ ।” खनालका स्वाकीय सचिव कृष्ण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि शुक्रबार साँझ खनाल–नेपाल समूहको संयुक्त बैठकले पनि आज हुने सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...