कोरोना अपडेट : १२५ जना संक्रमित थपिँदा १२३ कोरोनामुक्त, एकको मृत्यु

465

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार १ सय ६१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय २५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ । यीमध्ये एक हजार एक जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय २३ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ७ सय ३३ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा थप एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ जना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...