गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा २ महिला पक्राउ

407

काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई गोप्य भिडियो खिचेकी थिइन् । सोही भिडियो ती पुरुषको म्यासेञ्जरमा पठाइ ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेकी महिला हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...