काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।
ललिपुरमा बुधबार र बिहीबार उक्त समूहले गरेको राष्ट्रिय कार्यकर्ता भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने भएकाे छ । भेलाको समापनपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिएको हो ।
सो समूहले एमाले अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत भएका काम र गुटबन्दी र राष्ट्रिय हितविरूद्ध अग्रसर हुन पनि कार्यकर्तालाई निर्देशन समते दिएको छ । राष्ट्रिय कार्यकर्ता भेलाकाे निर्णयमा संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गर्ने उल्लेख छ । त्यस्तै एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति भने असहमति प्रकट गरेको छ ।
भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह समेत गरेका छन् । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।





