मुख्यमन्त्री शाही भन्छन्- सदनबाट विश्वासको मत लिन्छु

204

सुर्खेत । प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार अल्पमतमा परेको छ ।

एमालेको सो निर्णयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिने बताएका छन् ।

“लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरुले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु”, उनले भने, “त्यसका लागि हामी मानसिकरुपमा तयार छौँ ।”

एमालेले चैत्र ५ गतेदेखि लागु हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...