काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका छैनन् ।
सामाजिक विकासमन्त्री रावल काठमाडौंमै भएपनि नेपाल समूहको भेलामा गएनन् भने उद्योगमन्त्री बुढा सुर्खेतमै छन् ।
मन्त्रीद्वय रावल र बुढा यसअघि ओली समूहबाट मन्त्री बनेपनि पछिल्लो समय नेपाल पक्षतिर लागेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा उनीहरु नेपाल समूहमा लागेका थिए ।
तर, मन्त्रीद्वय रावल र बुढा पछिल्लो समय फेरि ओली समूहमा लाग्ने तयारी गरिरहेका छन् ।