तेस्रो टी-२०मा भारतमाथि इंग्ल्यान्डको सहज जित

478

अहमदावाद । भारतविरुद्धको तेस्रो टी-२० मा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । जितसँगै पाँच खेलको टी-२० सिरिजमा २-१को अग्रता बनाएको छ ।

मंगलबार राति भएको खेलमा भारतले दिएको १ सय ५७ रनको लक्ष्य २ विकेटको क्षतिमा पुरा गर्दै ८ विकेटको फराकिलो जित हासिल गरेको हो ।

इंग्ल्यान्डको जितमा जोस बट्लर र जोनी बेइस्ट्रोले अविजित ८३ र ४० रनको योगदान दिए । यस्तै, डेविड मलानले १८ तथा ज्यासन रोयले ९ रन जोडे ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ५६ रन बनाएको थियो ।

सुरुवाती ३ विकेट सस्तैमा गुमाएको भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७७ रनको पारी खेले । यस्तै, रिषभ पन्तले २५, हार्दिक पाण्ड्याले १७ तथा रोहित शर्माले १५ रन बनाए ।

जितसँगै इंग्ल्यान्डले ५ खेलको टी-२० सिरिजमा २-१को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेट तथा दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...