ब्रुकलिङ्क कलेजले आर्थिक सहयोग र सरसफाइ गरी मनाए विश्व सामाजिक दिवस

281

काठमाडौं । मार्च १६ अर्थात् विश्व समाजिक दिवसको उवसरमा सुकेधारास्थित ब्रुकलिङ्क कलेजले समुदाय सरसफाइ कार्यक्रम अयोजना गरेको छ ।

सोही कलेजका प्राध्यापक र बिएसडब्लुमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार कलेज वरिपरिको वातावरण र समुदाय सरसफाइ गरी विश्व सामाजिक दिवस मनाएका हुन् ।

समुदाय सरसफाइ कार्यक्रममा सो कलेजका प्राध्यापक र बिएसडब्लुमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सरसफाइ सँगसँगै विद्यार्थीहरुको समूहले सङ्कलन गरेको नगद रु ८ हजार गोकर्णस्थित संयुक्त अपाङ एकता आवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यार्थीहरुलाई बौद्धिक ज्ञान मात्र नभई प्रयोगात्मक शिक्षा दिने सो कार्यक्रम आयोजना गरेको ब्रुकलिङ्क कलेजका क्याम्पस प्रमुख सुरेन्द्र लम्सालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...