राष्ट्रियसभामा संसदीय दलको नेतामा शर्मालाई नै निरन्तरता दिने माओवादीको निर्णय

371

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

संसद पुनःस्थापनापछि माओवादी केन्द्रको सिंहदरबारमा पहिलोपटक बसेको संसदीय दलको बैठकले शर्मालाई दलका नेतामा निरन्तरता दिने निर्णय गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै वर्षमन पुनले जानकारी दिए । उनी नेकपाको पनि दलको नेता थिए ।

त्यस्तै, बैठकले संसदीय विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको छ , कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् ।

बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका सांसदहरुलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...