अहिलेसम्म १५ लाख ५५ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

338

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप १५ लाख ५५ हजार बढीले लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १५ लाख ५५ हजार ४ सय ४१ जनाले लगाइसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा चैत्र १ गतेसम्म प्राप्त गरेको डाटाअनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने लक्ष्य राखेकोमा सो संख्यामा खोप लगाएको बताए ।

यस्तै, ६५ वर्षभन्दा माथि उमेर समूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४ सय ६९ लक्ष्य रहेकोमा ११ लाख १६ हजार ५ सय ३२ रहेको छ ।

नेपालमा पहिलो खोपको मात्रा लगाएकाका लागि दोस्रो मात्रा खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रकिया रहेको उनले बताए ।

दुईपटकसम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उनले जानकारी दिए । उनकाअनुसार खोप लगाएको कार्ड भए विदेश जाँदा सजिलो हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...