राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

122

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । सोमबार महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।

खोप लगाएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वाभाविक भएपनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकोले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् ।

अग्रपंक्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदाहुँदै पनि देशबाहिर जानुपर्ने भएकोले खोप लगाउन आएको पनि भण्डारीले स्पष्ट पारिन् ।

उनले नेपालमा अन्यत्रभन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपंक्तिमा खटिने र सामाजिक संघसंस्थालाई दिनुपर्ने र मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारी आउँदो चैत्र ९ गते बंगलादेश जाँदैछिन् ।

Share This:
सम्बन्धित खबर
Loading...