काठमाडौं । ‘होप फर ह्युम्यानिटी नेपाल’को तदर्थ समितिले साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार बालुवाटारस्थित चियापान रेष्टुरेन्टमा भएको पहिलो साधारण सभाबाट होप फर ह्युम्यानिटी नेपालले ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिमला सिग्देल सापकोटा सर्वसम्मत चयन भएकी छन् ।
होप फर ह्युम्यानिटी नेपालले रक्तदान कार्यक्रम, निःशुल्क खाना वितरण, अशहाय वृद्धवृद्धाहरुका लागि लत्ताकपडालगायतका विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।