देशभरबाट ३३११ नमुना परीक्षणमा ७९ संक्रमित फेला

170

काठमाडौं । केही समययत नेपालमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको छ । पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ३ सय ३१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ७९ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ । यीमध्ये ८ सय ९५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ७५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ४ सय १ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...