भोजपुर । भोजपुर रामप्रसादराई गाऊपालिका-१ ओख्रे की ७६ वर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।
शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिदा घाइते भएकी थिइन् ।
घाइते बानियाकाे स्थानीय संगीता मेडिकल ओख्रेमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।