जिम्बाब्वे र अफगानिस्तानबीचको टेष्ट सिरिज ‘ड्र’

191

अबुधाबी । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्टमा अफगानिस्तान ६ विकेटले विजयी भएको छ । टेष्टको पाँचौँ दिन जिम्बाब्वेले दिएको १ सय ८ रनको लक्ष्य ४ विकेटको क्षतिमा पुरा गर्दै जित हासिल गरेको हो ।

पहिलो टेष्टमा लज्जस्पद हार ब्याहोरेको अफगानिस्तानले दोस्रो टेष्टमा सुधारिएको प्रर्दशन गर्दै पहिलो इनिङ्समा ४ विकेटको क्षतिमा ५ सय ४५ रन बनाएपछि पारी समाप्तिको घोषणा गरेको थियो ।

पहिलो इनिङ्समा हस्मतुल्लाह साहिदले अविजित २ सय रनको पारी खेलेपछि अफगानिस्तानले विशाल योगफल बनाएको थियो । साहिद अफगानिस्तानको तर्फबाट दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने ।

यस्तै, अफगानिस्ताका कप्तान अस्गर अफ्घानले १ सय ६४, इब्राहिम जार्डनले ७२ तथा नासिर जमालले ५५ रनको योगदान दिए ।

पहिलो पारीमा जिम्बाब्वेले २ सय ८७ रन मात्र बनाउन सक्यो । २ सय ८७ रन बनाएको जिम्बाब्वेले फलोअनमा पर्दै दोस्रो पारीमा ३ सय ६५ रन बनाएपछि अफगानिस्तानलाई १ सय ८ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा जिम्बाब्वेका कप्तान सेन विलियम्सले नटआउट १ सय ५१ रनको शतकीय पारी खेले । यस्तै, डोनाल्ड त्रिपानोले ९५ तथा केभिन कसुनले ३० रन बनाएका थिए ।

१ सय ८ रनको लक्ष्य पाएको अफगानिस्स्तानले २६.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै ६ विकेटको जित हात पार्यो । अफगानिस्तानका रहमात साहले ५८ तथा इब्राहिम जार्डनले २९ रन बनाए ।

जितसँगै दुई खेलको टेष्ट सिरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो टेष्टमा जिम्बाब्वे १० विकेटको फराकिलो अन्तरले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...