नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चमा श्रेष्ठ

305

काठमाडौं । नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा सम्पन्न बृहत् भेलाले अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष कृष्ण गिरी, सचिव फुर्वा तेन्जिङ शेर्पा, सहसचिव ईश्वर आचार्य र कोषाध्यक्ष ढोकल आलेलाई चयन गरेको छ ।

यसैगरी भेलाद्वारा तुलबहादुर राई, रेश्मा खत्री, जमुना राई, ऐश्वर्य श्रेष्ठ, देवकुमार राई, सुनिता घिमिरे, फुर्लाक्पा शेर्पा, अनन्त राई, इन्दिरा भट्टराई ओझा, पर्शुराम रोक्का, खगेन्द्र विक, महेन्द्र घिमिरे, नारायण कार्की, विक्रम राई, सञ्जीव राई, लाक्पा शेर्पा, ओमबहादुर श्रेष्ठ, फुर्तेञ्जी शेर्पा, गंगाबहादुर श्रेष्ठ, कमल प्रधान, दीपेन्द्र कार्की, गोविन्द राई, अशोक कार्की, सुमन राई, प्रिन्स अधिकारी, पेम्नुरी शेर्पा, सुरज राई, टेकबहादुर मगर, अनुजा श्रेष्ठ, रेश्मा पौडेल, रञ्जना शेर्पा, विजय राई, पर्वत शंकर, कविता राई, पेम्बा शेर्पा, आङकाजी शेर्पा र मनिकला राईलाई सदस्यमा चयन भएका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए । सो अवसरमा सभालाई सम्बोधन गर्दै घिमिरेले पार्टीको नीति र सिद्धान्तलाई नमान्ने र पार्टीकै सरकारविरुद्ध लाग्नेहरू असली कम्युनिस्ट नहुने बताए ।

प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नम्बर १ का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई समृद्धि बनाउने राष्ट्रिय अभियानको अगुवाई गरिरहँदा पार्टीभित्रकै नेताहरूको निदहराम भएको प्रस्ट पारे । उनले मञ्चका नवनिर्वाचित कमिटीले संकटको समाना गर्नुपर्ने बताए।

केन्द्रीय कमिटी सदस्य तथा संघीय संसद्का मुख्य सचेतक विशाल भट्टराई, पूर्व संस्कृति तथा पर्यटनमन्त्री कृपासुर शेर्पा, सोलुखुम्बुका प्रदेश सांसद उत्तमकुमार बस्नेत, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नम्बर १ का सचिव नन्दकुमार राई, प्रदेश सम्पर्क संगठन कमिटी प्रदेश नम्बर १ का कार्यालय सचिव खण्डमान राई, युवासंघका केन्द्रीय उपाध्यक्ष रोशन बस्नेत, भोजपुर जिल्ला कमिटी सदस्य लालबहादुर विक, प्रदेश सम्पर्क संगठन कमिटी सदस्य नगेन्द्र खनाल, शशीकला रोकाहा लगायतले नवनिर्वाचत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...