पहिलो टी–२० मा भारतमाथि इंग्ल्यान्डको सहज जित

500

अहमदावाद । भारतविरुद्धको पहिलो टी–२० सिरिजमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै १–० को अग्रता लिएको छ ।

भारतले दिएको १ सय २५ रनको सामान्य लक्ष्य इंल्यान्डले २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका जितमा ज्यासन रोयले ४९ र जोस बट्लरले २८ रनको योगदान दिए । यस्तै, जोनी बेइस्ट्रो र डेविड मलानले नटआउट २६ र २४ रनको पारी खेले ।

यसअघि, नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो ।

टोलीको स्कोर २० रन हुँदा महत्वपूर्ण तीन विकेट गुमाएको भारतलाई श्रेयास आयरले ६७ रनको अर्धशतकीय पारी खेल्दै सम्मानजनक योगफलसम्म पुर्याएको थियो ।

यस्तै, रिषभ पन्तले २१ तथा हार्दिक पाण्ड्याले १९ रन जोडे ।

जितसँगै इंग्ल्यान्डले पाँच खेलको टी–२० सिरिजमा १–० अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...