डा केसीद्वारा फेरि अनशन बस्ने घोषणा

498

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले अवैधरुपमा अघि बढाइएको निजी मेडिकल कलेजलाई दिने सम्बन्धको प्रकिया तत्काल नरोके अनसन बस्ने घोषणा गरेका छन् ।

एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम अवैध भएको भन्दै डा. केसीले सो कदम नरोके आफू फेरि अनसन बस्ने चेतावनी दिएका हुन् ।

“चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्था आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो”, बिहीबार उनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरुले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...